काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिएकामध्ये हालसम्म ३ दर्जन बढी कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
लाभांश घोषणाका ७० बढी कम्पनीमध्ये हाललसम्म ४० कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधरणसभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै रहेका छन् ।
नेप्सेका अनुसार हालसम्म बैंकतर्फ एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा, माछापुच्छ्रे, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षको लाभांश सूचीकृत गरेका छन् ।
त्यसैगरी, हाइड्रोपावरतर्फ चिलिमे हाइड्रोपावर, सानिमा माइ, हाइड्रोपावर, युनिभर्सल पावर, राधी विद्युत् कम्पनी, माउन्टेन इनर्जी, मन्दाकिनी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र युनाइटेडको इदी मर्दी हाइड्रोपावरले बोनस सेयर सूचीकृत गरेका हुन् ।
त्यस्तै, स्वाबलम्वन लघुवित्त, आत्मनिर्भर लघुवित्त, नेशनल लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र छिमेक लघुवित्तले बोनस सूचीकृत गरेका छन् ।
त्यस्तै, एनएलजी, हिमालयन रि, एशियन लाइफ, रिलायबल लाइफ, नेपाल इन्स्योरेन्स, सिटिजन लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन डिस्ट्रीलरी, शिवम् सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, घोराही सिमेन्ट, साल्ट ट्रेडिङले गत वर्षको बोनस नेप्सेमा सूचीकृत गरेका छन् ।
कुनको कति कित्ता सेयर सूचीकृत ?
नेप्सेमा गरिमा विकास बैंकको ९.५ प्रतिशत (४९ लाख २८ हजार ३०२.७१ कित्ता), सानिमा बैंकको ९ प्रतिशत (१ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता), एनआइसी एशियाको २९ प्रतिशत (३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता), एभरेष्ट बैंकको १० प्रतिशत (१ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता), माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत (१ करोड ३६ लाख ४२ हजार १७ कित्ता) , चिलिमे हाइड्रोपावरको १० प्रतिशत (७२ लाख ५८ हजार १८० कित्ता), सानिमा माइको १० प्रतिशत (३० लाख ८९ हजार २५१ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता (५%), फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ६० हजार ८०९.४६ कित्ता (७.५%), हाथवे इन्भेष्टमेन्ट २३ लाख ४० हजार कित्ता (१०%), राधी विद्युत् ७ लाख ९६ हजार ९०.४१ कित्ता (४.७५%), शिवम् सिमेन्ट, ६२ लाख ७० हजार कित्ता (१४.२५%), साइन रेसुंगा ४४ लाख ९८ हजार ७७.३७ कित्ता (१०.५०%) र नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता (१०%) बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, स्वाबलम्वन लघुवित्तको १२.३६ प्रतिशत ( १५ लाख ९५ हजार ४५ कित्ता), हिमालयन डिस्ट्रीलरीको १० प्रतिशत (२४ लाख २९ हजार ५६६.६५ कित्ता), सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत (१६ लाख ३३ हजार ७९५.८६ कित्ता), घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता (१५ %), छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता (५%), सपोर्ट माइक्रोफाइनान्सको १३ प्रतिशत (१ लाख २३ हजार ८०९.४ कित्ता), सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत (४६ लाख ६३ हजार ७५६.९७ कित्ता) र युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता (८.५५%), बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी,आत्मनिर्भर लघुवित्त, १० प्रतिशत (६२ हजार ३३८ कित्ता), नेप्सेमा माउन्टेनको १५ प्रतिशत (२९ लाख ५२ हजार ४०.४ कित्ता), नेशनल लघुवित्तको ७.५ प्रतिशत (८ लाख १३ हजार १५४.६६४ कित्ता), डिप्रोक्सको १० प्रतिशत (१५ लाख ५१ हजार ८८.१६ कित्ता), साल्ट ट्रेडिङको १५ प्रतिशत (४ लाख १८ हजार ३२६.४६ कित्ता), नेपाल हाइड्रो डेभलपर ७ प्रतिशत (२ लाख ३५ हजार १४८.५५ कित्ता), स्वरोजगार लघुवित्तको ७ प्रतिशत (४ लाख ३९ हजार ४०.६५ कित्ता), एनएलजीको ५.५ प्रतिशत (८ लाख २ हजार ६०१.६९ कित्ता), समता घरेलुको ५.४२ प्रतिशत (२ लाख १३ हजार ७२०.७१ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, युनाइटेडको इदी मर्दीको ५ प्रतिशत (२ लाख ३१ हजार कित्ता), हिमालयन रि इन्स्येरेन्सको ४ प्रतिशत (४० लाख कित्ता), ग्लोबल आइएमई बैंक १ प्रतिशत (३५ लाख ७७ हजार १०५.९६ कित्ता), एशियन लाइफ ७.७५ प्रतिशत (२४ लाख ४५ हजार ३५७.९ कित्ता), मन्दाकिनी हाइड्रोपावर ४.७५ प्रतिशत (२ लाख ९७ हजार ३१७.५३ कित्ता), साना किसानको १४.२५ प्रतिशत (४७ लाख ४७ हजार ५५५.९४ कित्ता) रिलायबलको १६ प्रतिशत (६४ लाख कित्ता) र लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत (१ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता) बोनस सेयर सूचीकृत भएको हाे।