नेपाल एयरलाइन्सलाई ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।

 

एयरलाइन्स कृटिज एण्ड ब्लगर एशोसिएसनले निगमले गुणस्तरीय सेवा पुर्याएबापत सो सम्मान प्रदान गरेको हो । एशोसिएशनद्वारा आज आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो सम्मान ग्रहण गरे।

 

एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुर्याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

 

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

 

वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो पुरस्कार छनोट गरिन्छ । यसअघि थाइ एयर र फिन एयरले सो सम्मान प्राप्त गरेका थिए ।

नबिल बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले Read Previous

नबिल बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले

अब छोरी जन्मिने बित्तिकै बैंक खाता, २० वर्षसम्म सरकारले मासिक ५ सय बचत गरिदिने Read Next

अब छोरी जन्मिने बित्तिकै बैंक खाता, २० वर्षसम्म सरकारले मासिक ५ सय बचत गरिदिने