नबिल बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले

काठमाडौं । नबिल बैंकले ३५ औँ वार्षिक साधारण सभा पुस २२ गते बोलाएको छ । बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि शुरु हुनेछ।

 

साधरण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ३४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेण्डाको रुपमा लैजाने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

यस्तै, सभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायतका प्रस्तावहरु पनि लैजाने भएको छ ।

 

बैंकले साधरणसभा प्रयोजनको लागि पुस ८ गते बुकक्लोज गर्ने भएको छ। तसर्थ पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

 

हाल ९ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

दर्ताबिनै साढे ६ हजार उद्योग सञ्चालनमा Read Previous

दर्ताबिनै साढे ६ हजार उद्योग सञ्चालनमा

नेपाल एयरलाइन्सलाई 'मस्ट पपुलर एयरलाइन्स अवार्ड' Read Next

नेपाल एयरलाइन्सलाई 'मस्ट पपुलर एयरलाइन्स अवार्ड'