चन्द्रागिरि केबलकार दुई दिनका लागि बन्द

काठमाडौं । चन्द्रागिरि केबलकार दुई दिनका लागि बन्द भएको छ ।

चन्द्रागिरि हिल्सले एक सूचना जारी गर्दै नियमित मर्मत सम्भार तथा सुरक्षा जाँचका लागि केबलकार सेवा आज र भोलि बन्द रहने जानकारी गराएको हो ।
असार १९ गतेदेखि भने केबलकारको सेवा पूर्ववत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यात्रुको सुरक्षाका लागि कम्पनीले निर्धारण गरेको तालिका अनुसार नै नियमति मर्मत/सम्भारको काम हुन लागेको कम्पनीको भनाइ छ ।

चन्द्रागिरि हिल्सले २०७३ पुस १ देखि व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याएको हो । चन्द्रागिरि केबलकारको लम्बाइ कुल २ किलोमिटर ४६० मिटर छ । यसका मार्गमा ११ टावर छन् र यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी कुल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडामा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्ने गर्दछ ।

चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा खाता खोली ५ हजार जम्मा गरिदिने Read Previous

चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा खाता खोली ५ हजार जम्मा गरिदिने

सुन तस्करीमा पेवेल र सजिलो पेको संलग्नता पुष्टि, ९६ अर्बको कारोबार Read Next

सुन तस्करीमा पेवेल र सजिलो पेको संलग्नता पुष्टि, ९६ अर्बको कारोबार