ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५००, मधेशमा २ हजार २००, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५००, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५०० र सुदूरपश्चिममा २ हजार ५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैन : अर्थमन्त्री Read Next

स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैन : अर्थमन्त्री