नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १०.२६ प्रतिशत अर्थात् ४६ लाख ६३ हजार ७५६.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

सहकारी ठगी छानबिन समितिले माग्यो समस्याग्रस्त १८ सहकारीको कागजात Read Previous

सहकारी ठगी छानबिन समितिले माग्यो समस्याग्रस्त १८ सहकारीको कागजात

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना Read Next

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना