काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई गाभेर (एक्विजिशन) असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै २४ गतेदेखि एउटै नामबाट कारोबार गर्ने भएका हुन् ।
अब दुवै लघुवित्तले ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार गर्नेछन् । दुवै लघुवित्तलाई एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले जेठ २९ गते अनुमति दिएको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।
हाल समताको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
२४ गतेदेखि एकीकृत कारोबार गर्ने भएपछि डाटा माइग्रेशनका लागि असार २३ गते दुवै लघुवित्तको सेवाहरू अवरुद्ध हुनेछन् ।