मदन भण्डारी राजमार्गको झापा-सुनसरी खण्डमा २२ पुल निर्माण सम्पन्न

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा-सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि ४०० मिटर लामा छन् ।

निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये ९ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए । छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए ।

मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।

सूचना अधिकारी दत्तका अनुसार नौ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपैयाँ छ ।

यसैगरी, सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५.८१ प्रतिशत रहेको उनले जानकारी दिए ।

उनले १० अर्ब १३ करोड रुपैयाँ लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म १३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताए । उनका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको २९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो ।

रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङबाट आइपीओ जारी गर्न अनुमति, भर्न ४१ हजार चाहिने Read Previous

रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङबाट आइपीओ जारी गर्न अनुमति, भर्न ४१ हजार चाहिने

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा Read Next

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा