काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमा ८ अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।
बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ०.४५ प्रतिशतले बढेको छ भने विकास बैंक समूह १.०३ प्रतिशतले घटेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ४१ लाख रुपैयाँ बढीको १ लाख ७४ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ ।
घट्दो बजारमा आज नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक ९.५५ प्रतिशत कमाएका छन् भने साधना लघुवित्तका सेयरधनीले ६.३८ प्रतिशत गुमाएका छन् ।