पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सवारीसाधन रोकिए

फाइल तस्वीर

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए । पहिरोका कारण सो सडक हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् ।

सरकारले यस वर्ष ६२० जनाको कैटकट्टा गर्दै Read Previous

सरकारले यस वर्ष ६२० जनाको कैटकट्टा गर्दै

नेप्सेमा दोहोरो अंकको गिरावट, १८६ कम्पनीको मूल्य घट्यो Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, १८६ कम्पनीको मूल्य घट्यो