सटरमा पौने १४ करोड ठगी गरेको आरोपमा कलंकी ट्रेड सेन्टरका ६ संचालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट पौने १४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलङ्की डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

.पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

'निजी समस्यामा परेकाले स्वार्थपूर्ति गर्न आफू अनुकूल मौद्रिक नीति आओस् भन्ने चाहेका छन्' Read Previous

'निजी समस्यामा परेकाले स्वार्थपूर्ति गर्न आफू अनुकूल मौद्रिक नीति आओस् भन्ने चाहेका छन्'

अब बैंक खाता खोल्न, घरजग्गा किन्नसम्म राष्ट्रिय परिचयपत्र अनिवार्य, कुन जिल्लामा कहिलेदेखि ? (सूचीसहित) Read Next

अब बैंक खाता खोल्न, घरजग्गा किन्नसम्म राष्ट्रिय परिचयपत्र अनिवार्य, कुन जिल्लामा कहिलेदेखि ? (सूचीसहित)