काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको पक्षमा मतदान गर्न सत्तारुढ ३ दलले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कायर्सूची छ । सोअनुसार सत्तारुढ दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
प्रतिनिधि सभाको बैठक अहिले जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन् । त्यसपछि बजेट पारित गरिने छ ।