जाजरकोटको खलङ्गामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा जाजरकोटको खलंगामा संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि जाजरकोट, भेरी नगरपालिका-४, खलङ्गाबजार आफ्नो ३०७ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

नेपालमै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत भुक्तानी सुविधा Read Previous

नेपालमै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत भुक्तानी सुविधा

नेप्सेमा सामान्य गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट Read Next

नेप्सेमा सामान्य गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पाेजेटिभ सर्किट