काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । गत साता ४३ अंकले घटेको नेप्से यस साता पहिलो दिन ५ अंकले घटेको हो ।
आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा आइपुगेको छ । आज ३०६ कम्पनीको ४ अर्ब ३७ करोड रुपैयाँ बढीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहकाे परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह १.२३ प्रतिशतले घटेको छ ।
आज पोखरा फाइनान्सकाे सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड १३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ ।
घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत् र नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले भने सर्वाधिक ६.५८ प्रतिशत गुमाएका छन् ।