काठमाडौं । गत वर्ष (सन् २०२३)मा विश्वभर जीवाश्म इन्धन (पेट्रोल, डिजेल, कोइला,ग्यास लगायत) को खपत अहिलेसम्मकै धेरै भएको छ ।
बिहीबार सार्वजनिक भएको विश्व ऊर्जा रिपोर्टको अध्ययन अनुसार सन् २०२३ मा नवीकरणीय ऊर्जा प्रयोगम केही वृद्धि भए पनि जीवाश्म इन्धनको प्रयोगले नयाँ रेकर्ड बनाएको हो ।
सन् २०२२ को तुलनामा २०२३ मा जीवाश्म इन्धन खपत १.५ प्रतिशतले बढेको छ । कुल ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा अघिल्लो वर्षको तुलनामा ०.४ प्रतिशतले १४.६ प्रतिशत पुगेको छ ।
विश्वको तापक्रम १.५ डिग्रीभन्दा धेरै बढ्न नदिन जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने अपरिहार्य आवश्यकताका बीचमा यसको प्रयोग बढ्नु चिन्ताको विषय भएको अध्ययन रिपोर्टमा उल्लेख छ ।
इनर्जी इन्स्टिच्युटका सीईओ निक वेथले विकसित अर्थतन्त्रहरूमा जीवाश्म इन्धनको माग उचाइमा रहे पनि उदीयमान अर्थतन्त्रहरूमा आर्थिक विकास र जीवनको गुणस्तरमा भएको सुधारले जीवाश्म खपत वृद्धिलाई निरन्तरता दिएको बताए।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशले रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका थिए । त्यसपछि उनीहरूले कोइलाको प्रयोग बढाउँदा प्रदूषण झनै बढेको पनि रिपोर्टमा उल्लेख छ ।
युरोपमा औद्योगिक क्रान्तिपछि पहिलो पटक जीवाश्म इन्धनको ऊर्जाको हिस्सा ७० प्रतिशतभन्दा तल झरेको छ । तर विश्वव्यापी रूपमा जीवाश्म इन्धनको प्रयोग बढ्नु अर्को चिन्ताको विषय हो ।
भारतमा पछिल्लो १० वर्षमा पेट्रोलियम पदार्थको खपत दोब्बर भएको विषयलाई पनि रिपोर्टले चिन्ताजनक भनेको छ । चीन र भारतमा प्राकृतिक ग्यासको खपत ७ प्रतिशतले बढेको छ ।चीन विश्वकै सबैभन्दा धेरै कोइला खपत गर्ने देश हो । जसले विश्वको कुल खपतको ५६ प्रतिशत हिस्सा ओगट्छ ।
युरोप र उत्तर अमेरिकामा कोइला खपत सन् १९६५ यताकै न्यून स्तरमा झरेको प्रतिवेदनले जनाएको छ। अमेरिकामा कोइला खपत ५६ प्रतिशतले घटेर पछिल्लो दशकमा आधा भएको छ ।एजेन्सीको सहयोगमा