एनएमबी बैंकका ग्राहकले कतार एयरको टिकटमा १०% सम्म छुट पाउने

काठमाडौं । एनएमबी बैंकका ग्राहकले कतार एयरवेजको वेबसाइटमार्फत टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउने भएक छन् ।

एनएमबी बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको हो । बैंक र एयरलाइन्स बीच छुट सम्बन्धी विशेष सम्झौता भएको छ ।

छुटका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा ग्राहकले अनलाइन प्रमोशनल कोड ‘क्यूआरएनएमबी २४’ प्रयोग गर्नुपर्नेछ ।

यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधासमेत पाउनेछन् ।

एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरतरूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

यो बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सन्धिखर्क-तम्घास १३२ डबल सर्किट प्रसारण लाइन संचालनमा Read Previous

सन्धिखर्क-तम्घास १३२ डबल सर्किट प्रसारण लाइन संचालनमा

सन् २०२३ मा विश्वभर जीवाश्म इन्धनको प्रयोग अहिलेसम्मकै धेरै Read Next

सन् २०२३ मा विश्वभर जीवाश्म इन्धनको प्रयोग अहिलेसम्मकै धेरै