काठमाडौं । प्रभु बैंक र पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालि बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दीपेन्द्र बाबु बिष्ट र डाइग्नोस्टिकका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिकमा उपचार सेवा लिँदा इन-हाउस रुटिन टेस्टमा २५ प्रतिशत, स्पेशलाइजेशनमा २० प्रतिशत, आउटसोर्समा १० प्रतिशतर र एक्स-रे, यूएसजी, ईसीजी, इकोमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।
बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।