असार भित्रै ऋण तिर्नेले ब्याजमा ५ प्रतिशत छुट पाउने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकका लागि छुट सुविधा ल्याएको छ ।

बैंकले कर्जा उपभोग गरी २०७५ चैतमसान्त अघि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा ५० लाख रुपैयाँसम्म रहेका ग्राहकले यही असार मसान्त भित्र ऋण तिरेमा छुट पाउने भएका हुन् ।

बैंकका अनुसार उल्लेखित ऋणीले २०७६ वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट पाउने छन् ।

यो छुट योजना यही असार मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । यसमा शर्त तथा बन्देजहरू लागू हुने बैंकले स्पष्ट पारेको छ ।

६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ Read Previous

६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ

नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा सिस्लेन, नेपालको हितमा काम गर्ने प्रतिबद्धता Read Next

नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा सिस्लेन, नेपालको हितमा काम गर्ने प्रतिबद्धता