६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआबी)ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘काठमाडौँबाट ६ किलो सुनसहित सेनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सीआइबी ले जनाएको छ ।

ग्लोकल टिन हिरो नेपाल २०२४ का लागि आवेदन खुला Read Previous

ग्लोकल टिन हिरो नेपाल २०२४ का लागि आवेदन खुला

असार भित्रै ऋण तिर्नेले ब्याजमा ५ प्रतिशत छुट पाउने Read Next

असार भित्रै ऋण तिर्नेले ब्याजमा ५ प्रतिशत छुट पाउने