सनराइज बैंकको नयाँ शाखा रसुवाको टिमुरेमा

काठमाडौं । सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ।

 

आइतबार आयोजित उद्धघाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्य विक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन गरे।

 

सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङले एटिएमको उद्धघाटन गरे। उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

 

हालसम्म सनराइज बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४७ वटा एटिएममार्फत सेवा दिदैं आइरहेको छ।

खाद्य मापदण्ड पालना नगर्ने ८ उद्योगमाथि कारवाही Read Previous

खाद्य मापदण्ड पालना नगर्ने ८ उद्योगमाथि कारवाही

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य Read Next

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य