खाद्य मापदण्ड पालना नगर्ने ८ उद्योगमाथि कारवाही

काठमाडौं । यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले मापदण्ड पालना नगर्ने ती उद्योग उपर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई दोषी प्रमाणित गरेमा जनही ५० हजार रुपैयाँ र पाँच वर्षसम्म जेल सजाय हुने जानकारी दिए ।

 

यसवर्ष विभिन्न खाद्यान्नको ९२५ नमूना सङ्कलन भएकोमा ४६४ नमूनाहरुको परीक्षण प्रतिवेदनअनुसार ६१ उद्योगले मापदण्ड पूरा नगरेको, २९ दूषित रहेको, २४ न्यून गुणस्तर तथा ८ खाद्य ऐन नियमको प्रावधानअनुसार नपाइएकाले उनीहरुलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको हो ।

सीता एयरलाइन्सको भद्रपुर-ताप्लेजुङ उडान शुरु Read Previous

सीता एयरलाइन्सको भद्रपुर-ताप्लेजुङ उडान शुरु

सनराइज बैंकको नयाँ शाखा रसुवाको टिमुरेमा Read Next

सनराइज बैंकको नयाँ शाखा रसुवाको टिमुरेमा