९४ करोड बचत हिनामिना आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ९४ करोड रुपैयाँ बढी बचत अपचलन आरोपमा ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापासहित चार जना पक्राउ परेका छन्।

पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा थापासहित व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्ने उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हालसम्म ५६६ जना बचतकर्ताले ९४ करोड २३ लाख ४२ हजार रूपैयाँ बिगो दाबी गर्दै उजुरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उक्त सहकारीमा २ हजार ५३१ जना बचतकर्ताको २ अर्ब ८० करोड रकम बचत थियो ।

पक्राउ परेका अध्यक्ष थापा दुई वटा बैंकिङ कसुरमा कारबाहीमा परेको र तीन वटा कसुरमा फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।

मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा Read Previous

मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन Read Next

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन