मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा

कालिकोट । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कालिकोटको मान्मामा संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोटको खाडाचक्र नगरपालिका-१ स्थित मान्मामा आफ्नो ३०५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’, देशभर होम डेलिभरी हुने Read Previous

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’, देशभर होम डेलिभरी हुने

९४ करोड बचत हिनामिना आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ Read Next

९४ करोड बचत हिनामिना आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ