बैतडीको देहीमाडौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैतडीको दशरथचन्द नगरपालिका–२, स्थित देहीमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले देशीमाडौंमा ३०३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य Read Previous

यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश Read Next

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश