विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला नलगाउन अन्तिरिम आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले महानगरलाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बलजफ्ती बन्द गर्ने/गराउने कार्य नगर्न आदेश दिएको हो ।

महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै तत्कालय सो कार्य रोक्न अदालते आदेश दिएको हो ।अदालतले असार ७ गते दुवै पक्षलाई बहसमा डाकेको छ ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आम्दानी गरेको भन्दै महानगरले आइतबारदेखि सामुदायिक विद्यालयका सटरहरू बन्द गर्ने अभियान चलाएको छ । हालसम्म महानगरले २७ विद्यालयका ३४० बढी सटरमा बन्द गरिसकेका छ ।

अघि बढ्यो दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण, प्राविधिक टोली फिल्डमा परिचालन Read Previous

अघि बढ्यो दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण, प्राविधिक टोली फिल्डमा परिचालन

यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य Read Next

यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य