काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले असार १८ गते २३औं र २४औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २१.०५ प्रतिशत नगद (करसहित) लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
त्यस्तै, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको निर्वाचन गर्ने लगायत एजेन्डा लैजाने छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असार ४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असार ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।