प्रभु बैंकका ग्राहकले सौराहाका १६ होटल तथा रेष्टुरेन्टमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले भरतपुरका डेढ दर्जन होटल तथा रेष्टुरेन्टका सेवामा विशेष छुट पाउने भएका छन् ।

भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे बैंक र सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्बन्धी सम्झौता भएको हो ।

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश-५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा शाखाका प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका कर्मचारी तथा ग्राहकले आवासमा ८ प्रतिशतदेखि १५ प्रतिशत, खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्राहकले Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel  Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel छुट पाउने छन् ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ, ८ लाख बढी परे कारबाहीमा Read Previous

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ, ८ लाख बढी परे कारबाहीमा

काठमाडौं महानगरले भेटेन आर्किटेक्ट इञ्जिनियर, मागभन्दा थोरै आवेदन Read Next

काठमाडौं महानगरले भेटेन आर्किटेक्ट इञ्जिनियर, मागभन्दा थोरै आवेदन