आगामी वर्षको मौद्रिक नीति बनाउन जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निर्माणको तयारीमा जुटेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्नका लागि सर्वसाधरण तथा सरोकारवालासँग राय/सुझाव माग गरेको हो ।

उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । असार १६ गतेसम्म आफ्नो राय सुझाव पेश गर्न राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८१ असार १६ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

आफ्ना राय÷सुझावहरू फोन वा इमेलमार्फत पठाउने सकिने राष्ट्र बैंकले जनाएको छ ।

मुग्लिन-पोखरा सडक : डुम्रे बजारमा घर टहरा नहटाउँदा काममा ढिलाइ Read Previous

मुग्लिन-पोखरा सडक : डुम्रे बजारमा घर टहरा नहटाउँदा काममा ढिलाइ

प्राइम बैंकको १२.४१ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ? Read Next

प्राइम बैंकको १२.४१ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?