प्राइम बैंकको १२.४१ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । प्राइम कमर्शियल बैंकको झण्डै साढे १२ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर बिक्रीमा आएको छ ।बैंकले आजदेखि १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि दिन सक्नेछन्। लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै, सेयरको भाउ न्यूनतम ११५ रुपैयाँभन्दा घटाउन पाइने छैन् ।

बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको कार्यालय, ठमेल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

आगामी वर्षको मौद्रिक नीति बनाउन जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव Read Previous

आगामी वर्षको मौद्रिक नीति बनाउन जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव

बेष्ट एजुकेसन अवार्डमा काठमाडौं महागनरले पायो 'सर्वोत्कृष्ट पालिका अवार्ड' Read Next

बेष्ट एजुकेसन अवार्डमा काठमाडौं महागनरले पायो 'सर्वोत्कृष्ट पालिका अवार्ड'