सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, तोलाको १ लाख ४५ हजार पुग्यो

काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा यो अहिलेसम्मकै धेरै हो । यसअघि हिजो छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । बिहीबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३७३.५९ डलरमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो ।

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोरमा जुट्यो लगानी, ८ संस्थाले लगानी गर्ने Read Previous

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोरमा जुट्यो लगानी, ८ संस्थाले लगानी गर्ने

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल Read Next

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल