नाडाको नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा कृष्ण दुलाल

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १९ सदस्यीय कार्यसमिति नै सर्वसम्मत चयन भएका छन् ।

 

नाडाको पुस ४ गते हुने चुनावको लागि आज (मंसिर २९) ११ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । मनोनयन दर्ताका क्रममा अध्यक्षसहित सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

 

भावी कार्यकालको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने कार्यसमिति सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ रहेका छन्।

 

त्यस्तै निराकार श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलम पाठक निर्वाचित भएका छन्।

 

नाडाको संस्थागततर्फबाट ध्रुवबहादुर थापा, सुभाष आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध निर्वाचित भएका छन्।

 

नाडामा चार कार्यकाल पछि नेतृत्व निर्विरोध चयन भएको हो । नाडा कार्यसमितिको कार्यकाल २ वर्षको हुन्छ ।

निजगढ विमानस्थल एक निर्विकल्प विकल्प हो,सरकार पछि हट्दैन : मन्त्री भट्टराईको अन्तर्वार्ता Read Previous

निजगढ विमानस्थल एक निर्विकल्प विकल्प हो,सरकार पछि हट्दैन : मन्त्री भट्टराईको अन्तर्वार्ता

पानीले ८ करोडको इँटा नोक्सान, मूल्य बढ्ने सम्भावना Read Next

पानीले ८ करोडको इँटा नोक्सान, मूल्य बढ्ने सम्भावना