नेपालले विश्वकमा बनाउने प्रत्येक रन बराबर ओमोडाले रुख रोप्ने

काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले ‘आइसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘Nepal Scores, OMODA grows’  नारामा एक वातावरणीय योजना ल्याएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्ने भएको हो ।

यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ ।

यसअन्तर्गतको वृक्षारोपणका लागि ब्राण्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् ।

ओमोडाको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले, दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गरे ।

‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तनविरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्‍याउँछ,’ उनले भने ।

यस अभियानले सस्टेनेबल मोबिलिटिको प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने कम्पनीले जनाएको छ ।

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट Read Previous

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

एफसी चितवनद्वारा फुटबल खेलका आयमबारे अन्तर्क्रिया आयोजना Read Next

एफसी चितवनद्वारा फुटबल खेलका आयमबारे अन्तर्क्रिया आयोजना