‘अग्रिम आयकरले दाल, चामल, तेलको मूल्य बढाउँछ’

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले बजेटमार्फत लगाइएको अग्रिम आयकरले दैनिक उपभोग्य सामग्रीमाको मूल्य बढ्न सक्ने चेतावनी दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अग्रिम आयकरको व्यवस्थाले चाम, दाल, तेल, मैदा लगायत उपभोग्य वस्तुको मूल्य बढ्ने बताएको हो ।

दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा मुद्रास्फीतिमा असर गर्ने संघले चेतावनी दिएको छ । बजेटले दाल तथा धान प्रशोधन गर्ने उद्योगको कच्चा पदार्थ आयतमा क्रमशः दालमा १० प्रतिशत र चामलामा २.५ प्रतिशत आयकर लगाएको छ । नेपाली उद्योगले उक्त आयकर थेग्न नसकी बन्द हुने स्थिति आउने संघले बताएको छ ।

यो व्यवस्थाले देशको औद्योगिक क्षेत्रमा दीर्घकालीन असर पर्ने हुँदा सम्पूर्ण चामल दाल उद्योगमा अग्रिम आयकर खारेजी गर्न संघले माग गरेको छ ।

 

अर्थमन्त्री वर्षमानले ल्याएको बजेटमा ७८ सांसदले उठाए प्रश्न, यस्तो छ जवाफ (पूर्णपाठ) Read Previous

अर्थमन्त्री वर्षमानले ल्याएको बजेटमा ७८ सांसदले उठाए प्रश्न, यस्तो छ जवाफ (पूर्णपाठ)

प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने Read Next

प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने