चितवनका किसानले ८ महिनादेखि पाएनन् दूधको भुक्तानी, ७० करोड बक्यौता

चितवन । चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । ११४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये १ लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ ।

जिल्लामा ५०० हाराहारी पशुपालन फार्म छन् । यहाँ १ लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।रासस

कच्चा तेलको मूल्यमा उच्च गिरावट, नेपाललाई राहत Read Previous

कच्चा तेलको मूल्यमा उच्च गिरावट, नेपाललाई राहत

बनेपाको मूल सडकमै यातायात व्यवसायीले तेर्स्याए बस, कर्मचारी बीच कुटाकुट Read Next

बनेपाको मूल सडकमै यातायात व्यवसायीले तेर्स्याए बस, कर्मचारी बीच कुटाकुट