काठमाडौं । काभ्रेको बनेपामा यातायात व्यवसायीले सडकमै बस तेर्स्याएपछि कुटाकुट भएको छ ।
अरनिको यातायातको सिन्डिकेटको विरोधमा हिमाल-तराई यातायातले विरोध गर्दै आएको छ । मंगलबार काठमाडौं र ओखलढुंगामा दुई यातायात समितिका कर्मचारी बीच विवाद भएको थियो ।
त्यसको बदलामा आज अरनिको यातायातका कर्मचारीले बनेपामा बस तेर्याएर हिमाल-तराई यातायातका बस रोकेका थिए । त्यसपछि दुवै पक्षका कर्मचारी बीच कुटाकुट भएको हो ।
कुटाकुट गरिरहेका कर्मचारीहरूलाई ट्राफिक प्रहरीले छुट्याएको थियो । अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।