काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चलर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज आइआइ बीच सम्झौता भएको छ ।
कोशी प्रदेशका कृषकको व्यवसायिक विकासमा सहयोग गर्न स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदर अ सस्टेनएबल एग्रिकल्चर इनिसिएटिभ फर कोशी प्रोभियन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा स्वीस कन्ट्याकका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जा उपलब्ध गराइने छ । साथै, वित्तीय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइनेछ ।