काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को झण्डै साढे ११ लाख कित्ता सेयर लिलामीमा आएको छ ।
आजदेखि बैंकको संस्थापक समूह (प्रमोटर)को ११ लाख ३५ हजार कित्ता सेयर लिलामीमा आएको हो ।
बैंकको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाइ गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।
इच्छुक खरिदकर्ताले आजको ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।