एनआइसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । एनआइसी एशिया बैंक प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’बाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फाइनान्सले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि एनआइसी एशिया बैंक सम्मानित भएको हो ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै एनआइसी एशिया बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आइसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरेबापत २०० आवेदकलाई पछिपार्दै एनआइसी उत्कृष्ट छानिएको हो ।

१० विधामा छनोट गरिएकोमा एनआइसी एशिया बैंक इनोभेसन विधामा सम्मानित भएको हो । आइसर्भ एनआईसी एशिया बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो । जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।

जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

लाखौं ग्राहकमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मार्फत अधिकांश डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकमाझ पुर्‍याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एनआइसी एशियाले हाल देशभरका ३६० शाखा कार्यालय, ६७१ एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली Read Previous

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो दाबी Read Next

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो दाबी