गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ५ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको आरोपमा मुद्दा हालेको हो ।

अखितयारले उनीहरू माथि १ अर्ब ४ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।

एनआइसी एशिया बैंक 'इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४' बाट सम्मानित Read Previous

एनआइसी एशिया बैंक 'इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४' बाट सम्मानित

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित Read Next

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित