बढाइएको कर घटाउन माग गर्दै व्यवसायी पुगे बालुवाटार, संशोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत स्पञ्ज आइरनमा बढाएको कर घटाउन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् ।

सोमबार व्यवसायीहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्री दाहालाई भेट्दै अन्यायपूर्ण तरिकाले बढाइएको करका दरहरु घटाउन माग गरेका हुन् ।

अर्थमन्त्रीले आर्थिक विधेयकमार्फत बिलेट आयातमा लाग्दै आएको अन्तःशुल्क हटाएर फलामे कच्चा पद्धार्थ (स्पञ्ज आइरनमा) २.५ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए । सो व्यवस्थाले यसअघि मेटलिङ उद्योगमा अर्बौं लगानी गरेका व्यवसायी धरासायी हुने भन्दै उक्त कर हटाउन माग गरेका हुन् ।

प्रधानमन्त्री दाहालले व्यवसायीहरुलाई बढाइएको कर घटाउन प्रयास गर्ने आश्वासन दिए । उनले प्रस्तावित करका व्यवस्थामाथि संशोधन प्रस्ताव गर्ने मंगलबार अन्तिम दिन रहेकाले सो अगावै के कति गर्न सकिन्छ प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन समेत दिइसकेको व्यवसायीलाई बताए ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडा, राजेश अग्रवाल, विष्णु न्यौपाने लगायत व्यवसायी सहभागी थिए ।

हावाहुरीले २५०० बिघामा लगाइएको केरामा क्षति, १२ करोडको नोक्सानी Read Previous

हावाहुरीले २५०० बिघामा लगाइएको केरामा क्षति, १२ करोडको नोक्सानी

डेडिकेटेड र ट्रङक लाइन विवाद, बक्यौता महसुल उठाउन सरकारको अनुमति Read Next

डेडिकेटेड र ट्रङक लाइन विवाद, बक्यौता महसुल उठाउन सरकारको अनुमति