हावाहुरीले २५०० बिघामा लगाइएको केरामा क्षति, १२ करोडको नोक्सानी

चितवन । चितवनमा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको २ हजार ५०० बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए । उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।’

जिल्लामा लगाइएको ४० लाख ८७ हजार ५०० केरामा क्षति पुगेको उनले बताए । उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए। ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए ।

बीमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बीमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल ३ हजार ५०० बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ ।

उनका अनुसार यहाँ ७०० जना किसानले केरा खेती गरेकोमा हावाहुरीले १६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उनले जानकारी दिए । रासस

कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आयो, बाँकी काम अर्को वर्ष गरिने Read Previous

कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आयो, बाँकी काम अर्को वर्ष गरिने

बढाइएको कर घटाउन माग गर्दै व्यवसायी पुगे बालुवाटार, संशोधन गर्ने प्रधानमन्त्रीको आश्वासन Read Next

बढाइएको कर घटाउन माग गर्दै व्यवसायी पुगे बालुवाटार, संशोधन गर्ने प्रधानमन्त्रीको आश्वासन