मोबाइलको ‘ब्लू लाइट’ को असरबाट कसरी बच्ने

प्राय: हामी सबैको बानी रातको समयमा खाटमा सुतेर मोबाइल चलाउने हुन्छ । यस्तो बानीको विकासले मानिसको आँखामा नकारात्मक प्रभाव पर्ने लामो समयदेखिको वैज्ञानिक अध्ययनले देखाएको छ ।

 

साथै यसले अनिद्रा, स्मरण शक्तिमा ह्रास, तौलमा वृद्धिलगायत समस्याहरु उत्पन्न गर्न सक्ने अध्ययनले देखाएको छ । त्यसैले, धेरै रातिसम्म मोबाइलमार्फत म्यासेञ्जर, इन्स्टाग्राम लगायत सञ्जाल चलाउँदा अँध्यारोमा प्रभाव पार्ने कृत्रिम उज्यालोबाट बच्नु जरुरी छ ।

 

स्वीडेनको उपशाला विश्वविद्यालयका युवायुवतीमा गरिएको पछिल्लो एक अध्ययनले सूर्यको प्रकाश आँखाले ग्रहण गर्नेगरी घरबाहिर केही समय बसेमा मोबाइलको प्रकाशबाट हुने हानि कम हुने देखाएको छ ।

 

अनुसन्धानमा दिउँसो सूर्यको प्रकाशले हाम्रो शरीरको बडी क्लकलाई पुनः आफ्नो अवस्थामा ल्याइदिन्छ । यसअघि गरिएको सर्वेक्षणले मोबाइलबाट निस्कने ब्लू लाइटले हाम्रो शरीरको बडी क्लकलाई द्विविधामा पार्ने गरेको देखिएको थियो ।

 

ओछ्यानमा सुतेको अवस्थामा मोबाइल प्रयोग गर्नाले मोबाइलबाट आउने ब्लू लाइटले मानिसको दिमागलाई जागा बनाउँने काम गर्छ, फलस्वरुप निद्रा आउने हर्मोनले काम गर्न छोड्छ र मानिसमा अनिद्राको समस्या निम्त्याउने काम गर्दछ । यस्तोमा लगातार रुपमा मानिसको तौलमा वृद्धि हुने खतरा पनि बढी हुन्छ ।

 

अध्ययनका अनुसार दिनमा लिएको सूर्यको प्रकाशबाट रातको समयमा २ घण्टासम्म मोबाइलबाट निस्किने ब्लू लाइटको किरणबाट बचाउँन सहयोग पुर्याउँछ । तर, रातको समयमा २ घण्टाभन्दा बढी समयसम्म काम गरेको खण्डमा भने त्यसको प्रभाव बडी क्लकमा पर्ने देखिएको छ ।

 

दिनको समयमा घरबाहिर रहेको अवस्थामा रातको समयमा मोबाइलको ब्लू लाइटबाट २ घण्टासम्म नकारात्मक असर नपर्ने देखिएको हो । यद्यपि, दिनमा सूर्यको प्रकाश लिने आँखाको क्षमतामा पनि यो निर्भर रहने अध्ययनमा बताइएको छ । एजेन्सी सहयोग

अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्न संसदीय समितिको निर्देशन Read Previous

अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्न संसदीय समितिको निर्देशन

बजारमा माग घटेपनि ६ अर्ब लगानीमा ५ नयाँ स्टील उद्योग थपिदै Read Next

बजारमा माग घटेपनि ६ अर्ब लगानीमा ५ नयाँ स्टील उद्योग थपिदै