फेरि घट्यो पेट्रोलियम पद्धार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु १५३ रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु १५२ रहेको छ ।

त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।

निगमले यसअघि जेठ २ गते पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको थियो ।

हायर पर्चेज कर्जा दिने कम्पनीलाई ५ करोडसम्म जरिवाना हुने Read Previous

हायर पर्चेज कर्जा दिने कम्पनीलाई ५ करोडसम्म जरिवाना हुने

मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको ६० प्रतिशत काम पूरा, पश्चिमखण्डको भने सुस्त Read Next

मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको ६० प्रतिशत काम पूरा, पश्चिमखण्डको भने सुस्त