कार्ड सुरक्षीत गर्न एनआइसी एसियाको आफ्नै स्वीच

काठमाडौं । कार्ड प्रणालीलाई बलियो बनाउन भन्दै एनआइसी एसिया बैंकले नयाँ स्वीच प्रयोगमा ल्याउने भएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोड्दै बैंकले आफ्नै स्वीच राख्न लागेको हो।

 

बैंकले अब एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोग गर्न लागेको हो । चिनियाँ ह्याकरले नेप्सको प्रणाली कब्जामा लिएर पैसा झिकेपछि बैंकले नेप्सलाई छाड्न लागेको हो। यसअघि प्रभु बैंकले पनि नेप्सलाई छाडेर स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य थालेको थियो।

 

१८ बाणिज्य बैंक आवद्ध नेप्सबाट दुई बैंक बाहिरिएसँगै अन्य बैकलेपनि नेप्स छाड्ने देखिएको छ । एनआइसी एसियाले अब मोरक्कोको स्वीच प्रयोग गर्न लागेको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एसटुएमका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन् ।

 

आफ्नै स्वीच प्रयोगमा ल्याएपछि कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुने बैंकले जनाएको छ। स्वदेश तथा विदेशमा कार्डबाट हुने इकमर्स कारोबारलाई पनि सहज हुने विज्ञप्तिमा उल्लेख छ।

साताको सेयर बजार: ४१ अंकको वृद्धि, साढे २ अर्बको कारोबार Read Previous

साताको सेयर बजार: ४१ अंकको वृद्धि, साढे २ अर्बको कारोबार

अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्न संसदीय समितिको निर्देशन Read Next

अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्न संसदीय समितिको निर्देशन