दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न २१८ मिटर ड्रिलिङ गरियो, ४ महिनामा सकिने

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।

उत्खननका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार ५०० मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु २ अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।रासस

जीवन बीमा कम्पनीले १० महिनामा गरे १.२१ खर्बको व्यवसाय, लघुबीमाको हिस्सा नगन्य Read Previous

जीवन बीमा कम्पनीले १० महिनामा गरे १.२१ खर्बको व्यवसाय, लघुबीमाको हिस्सा नगन्य

फौजदारी मुद्दाका ३४ वटै कसुरमा डोनाल्ड ट्रम्प दोषी ठहर Read Next

फौजदारी मुद्दाका ३४ वटै कसुरमा डोनाल्ड ट्रम्प दोषी ठहर