एनसेलको ‘रिचार्जमा चमत्कार’का दुई विजेताले पाए जनही २ लाख

काठमाडौं । एनसेलले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ।

 

राउत तेस्रो हप्ताको विजयी ग्राहक मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकमध्येका एक हुन्।

 

राउत र थापालाई बिहीबार एक कार्यक्रममाझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो।

 

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ।

 

यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन्।

 

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० वा सो भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न योग्य हुन्छन्।

नाम मात्रैको डिजिटल मालपोत, १ दिनमा हुने कामलाई महिनौं कुर्न बाध्य Read Previous

नाम मात्रैको डिजिटल मालपोत, १ दिनमा हुने कामलाई महिनौं कुर्न बाध्य

साताको सेयर बजार: ४१ अंकको वृद्धि, साढे २ अर्बको कारोबार Read Next

साताको सेयर बजार: ४१ अंकको वृद्धि, साढे २ अर्बको कारोबार