मेलम्ची खानेपानीलाई ५० करोड बजेट विनियोजन, २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरेका हुन् ।

मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर विस्तार गरिने मन्त्री पुनले घोषणा गरे ।

साथै, काठमाडौंमा बाह्रै महिना पानी आउने व्यवस्था मिलाउन मेलम्ची खानेपानी आयोजनाको इन्टेक सार्ने उनले बताए ।

निर्माणाधीन हेडवर्क्स बगाएपछि अलपत्र परेको छ । हिउँदमा मात्रै काठमाडौं पानी ल्याउने गरिएको छ ।

स्वयम्भु, ताहाचाल, मण्डिकाटार, चाबहिललगायतका स्थानमा विछ्याइएको ६४५ किलोमिटर पाइप परीक्षण गरेर वितरण गर्ने योजना रहेको पुनले बताए । चक्रपथ बाहिर समेत पाइपलाइन विस्तार गर्ने योजना छ ।

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब Read Previous

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब

सुनकोसी र नाराणीमा जलमार्ग निर्माण सुरु गरिने Read Next

सुनकोसी र नाराणीमा जलमार्ग निर्माण सुरु गरिने