काठमाडौं । सरकारले सुनकोसी र नारायणीमा जलमार्ग निर्माण कार्य सुरु गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
यसअघि नीति तथा कार्यक्रममा सरकारले पानी जहाज संचालनका लागि आवश्यक तयारी गर्ने कार्यक्रम राखेको थियो ।
“सुनकोसी र नारायणीमा जलमार्ग निर्माण सुरु गरिनेछ,” बजेट वक्तव्य दिँदै अर्थमन्त्री वर्षमा पुनले भने, “नारायणी नदीमा संचालित जलयानमा यात्रु चढ्न र आर्लिन सुरक्षित टर्मिनल निर्माण गरिनेछ ।”