टेलिकमले दियो कल र डाटामा स्पेशल अफर

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागूहुने गरी ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको हो ।

अफरमा ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर १४ जेठदेखि १६ गतेसम्म खरिद गर्न सकिनेसमेत टेलिकमको भनाइ छ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा हुने छ ।

ग्राहकले ८१४१५३ डायल गरी प्राप्त निर्देशनअनुसार अफर लिन सक्नेछन् । साथै कम्पनीकोे एप्प ‘नेपाल टेलिकम’बाट र वेबसाइटमार्फत पनि अफरमा सहभागी हुन सकिने बताइएको छ ।

नेप्सेमा कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

चाँगुमा डोजर आतङ्क, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थल उजाड Read Next

चाँगुमा डोजर आतङ्क, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थल उजाड