नेप्सेमा कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार २२ अंकले घटेको नेप्से आज सामान्य अंकले फर्केको हो ।

सोमबार नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५५ करोड घटेर ३ अर्ब ८९ करोडमा सीमित भएको छ ।

आज ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८ प्रतिशतले बढेको छ भने बैंकिङ उपसमूह ०.७४ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड ४० लाख रुपैयाँको ३ लाख ५५ हजार ८९५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १४९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

सामाजिक सुरक्षका लागि सकिन्छ १५% बजेट, ३८ लाख नेपालीले खान्छन् भत्ता Read Previous

सामाजिक सुरक्षका लागि सकिन्छ १५% बजेट, ३८ लाख नेपालीले खान्छन् भत्ता

टेलिकमले दियो कल र डाटामा स्पेशल अफर Read Next

टेलिकमले दियो कल र डाटामा स्पेशल अफर